अमेरिकी राष्ट्रपति चुनावः जित हारको विषयमा अड्कलबाजी हुन थाल्यो

  • प्रकाशित मिति : २०७७ कार्तिक १९, बुधबार
  • nepaltale.com

काठमाडौं । अमेरिकाको पूर्वी क्षेत्रका केही राज्यमा मतदान केन्द्र बन्द हुन थालेको छ ।

मतदानको पूर्वसन्ध्यामा चुनावको जित हारको विषयमा समेत अड्कलबाजी हुन थालेको छ ।

अहिलेसम्म जर्जा, इन्डियाना, केन्टकी, साउथ क्यारोलाइना, भर्मान्ट र भर्जिनियामा मतदान सकिएको छ ।

यी राज्यमा क्रमशः १६, ११, ८, ९, ३ र १३ इलेक्ट्रोल कलेज भोट रहेका छन् ।

यो पटकको चुनावमा १० करोड भन्दा बढिले अग्रिम मतदान गरेका छन् । मंगलबार (नेपाली समय अनुसार मंगलबार राति) भएको मतदानमा पनि उत्साहप्रद सहभागिता देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

सन् १९९२ पछिका चुनावमा अमेरिकामा एक व्यक्तिले दोहोराएर राष्ट्रपति भएका छन् ।

यस पटक ट्रम्प पुन राष्ट्रपति बन्ने छन् या छैनन् भन्ने केही समय मत परिणाम पर्खनु पर्नेछ ।

रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले चुनौति दिएका छन् ।

चुनाव अघिका मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति बाइडेन अघि देखिए पनि इलेक्ट्रोल कलेजका लागि महत्वपूर्ण रहेका केही राज्यमा प्रतिस्पर्धा निकै कडा रहेको देखिएको छ ।