वर्षाका लागि कतारमा प्रार्थना !

  • प्रकाशित मिति : २०७७ कार्तिक २१, शुक्रबार
  • नेपाल टेल संवाददाता

दोहा । कतारमा ‘इस्तिस्का’ (वर्षाका निम्ति गरिने प्रार्थना) गरिएको छ ।

कतारका अमिर शेख तामिम बिन हमाद अल थानीका निजी प्रतिनिधि लगायत विशिस्ट व्यक्तिहरुले अल वज्बाहको मैदानमा वर्षाको निमित्त प्रार्थना गरेका हुन् ।



इस्तिस्का प्रार्थनाको लागि इस्लामिक मन्त्रालयले देश सबै मस्जिदहरू विहीबार खुला गरेको थियो ।

प्रार्थनाको लागि सबैलाई मस्जिदहरूमा समेत बोलाएको थियो ।

इस्लामिक धर्म अनुसार यो प्रार्थना हरेक वर्ष हुने गर्दछ । प्रार्थनामा विभिन्न उच्च अधिकारीहरूको समेत सहभागिता रहने गर्छ ।