अमेरिकी राज्य जर्जियामा पुनः मतगणना हुने

  • प्रकाशित मिति : २०७७ कार्तिक २२, शनिबार
  • नेपाल टेल संवाददाता

वासिंगटन । अमेरिकी राज्य जर्जियामा पुनः मतगणना हुने भएको छ।

हाल ६ राज्यले राष्ट्रपतीय निर्वाचनको नतिजा घोषणा गर्न बाँकी छ। त्यसमध्ये जर्जिया राज्यले पुनः मतगणना गर्ने भएको हो।



१६ इलेक्टोरल मत रहेको जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पर्गरले पुनः मतगणनाको घोषणा गरेका छन्।

राष्ट्रपतिका उम्मेद्वार जो बाइडेन र ट्रम्पबीच केही हजार मतको मात्रै फरक देखिने भएपछि पुनःगणना गरिने भएको छ।

जर्जियामा फेरि मतगणनाको तयारी भएसँगै अमेरिकाले ४६ औं राष्ट्रपति पाउन अझै केही दिन लाग्ने अनुमान गरिएको छ।

मतगणना जारी रहेका अन्य राज्यमा पनि बाइडेनलेनै अग्रता लिएका छन्।

अमेरिकी नेटवर्क प्रक्षेपणका अनुसार डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो वाइडेनले आफूलाई विजय हुन आवश्यक पर्ने २७० इलेक्ट्रोरल भोटमध्ये कम्तीमा २५३ भोट हाँसिल गरेक छन।

परिणाममा एरिजोना समावेश गर्दा वाइडेनलाई कम्तीमा २६४ मत प्राप्त हुने फक्स न्यूज र एसोसिएटेड प्रेस (एपी)ले उल्लेख गरेका छन्।

राष्ट्रपति तथा रिपब्लिक पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अहिलेसम्म २१४ भोट प्राप्त गरिसकेका छन भने अझै केही राज्यमा रिपब्लिकन पार्टीको पक्षमा मतदान भएको प्रक्षेपण गरिएको छ । जसका कारण रिपब्लिकन पार्टीले आफ्नो विजय दावी गरिरहेको छ ।

रिपब्लिकन पार्टीको मजबुत अवस्था रहेको भनिएका धेरै स्थानहरूमा अहिले निर्वाचनसम्बन्धी बिषयलाई लिएर विवाद भएको पनि बताइएको छ ।

बिहीबार रातभरको मत गणनापश्चात बाइडेनलाई दक्षिणपूर्वी जर्जियामा १६ भोट आएको छ साथै यसका कारण निर्वाचनमा वाइडेनको निर्वाचन थप बलियो बनेको विश्लेषकहरूले बताएका छन् ।

नाभाडा

बाइडेनलाई नाभाडामा छ मत प्राप्त भएमा उनलाई अमेरिकी नेतृत्वका लागि बाटो सहज हुनेछ तर यसका साथै उहाँले अरिजोनाबाट जित्नु आवश्यक छ । करिब ८९ प्रतिशत मत गन्दासम्ममा पश्चिमी राज्य मेक्का लस भेगासमा बाइडेनले ११ हजार ५०० मतसहित अग्रता कायम गरेका छन।

उत्तरी क्यारोलिना

उत्तरी क्यारोलिनामा रहेका १५ इलेक्ट्रोरल भोटका लागि भएको निर्वाचनमा ९५ प्रतिशत मत गणना हुँदासम्म ७७ हजार मतका साथ राष्ट्रपति ट्रम्पले अग्रता लिएका छन। उजलाई करिब ५० प्रतिशतको हाराहारीमा मत परेको छ भने बाइडेनले ४८.६ प्रतिशत मत पाएका छन।

दक्षिणपूर्वी यो राज्यमा ट्रम्पको पक्षमा बहुमत देखिएको छ तर निर्वाचनको दिनभन्दा पहिल्यै मेलबाट गरिएको मतदानको नतिजा सार्वजनिक हुन नोभेम्बर १२ गतेसम्म पर्खिनुपर्ने हुन्छ ।

पेन्सिलभेनिया

पेन्सिल्भेनियाको सबैभन्दा ठूलो पुरस्कार अर्थात् २० निर्वाचन मतमा ट्रम्प हाल अग्रणी हुनुहुन्छ, तर गणना गर्न बाँकी फिलाडेल्फियाजस्ता बहुमत क्षेत्रहरू डेमोक्रेटिकका झुकाव क्षेत्र मानिन्छन् ।

पेन्सिल्भेनियामा ९५ प्रतिशत मत गणना हुँदासम्म ट्रम्पको अग्रता मात्रै १८ हजार मतमा कायम भएको छ ।

बाँकी क्षेत्र बाइडेनको पक्षमा आउने अनुमान गरिएको छ यद्यपि प्रतिस्पर्धा निकै रोचक देखिएको छ ।

एरिजोनामा ९० प्रतिशत मत गणना हुँदासम्म ४७ हजार बढी मतको अग्रतासाथ बाइडेनलाई ५०.१ प्रतिशत मत प्राप्त भएको छ भने ट्रम्पलाई ४८.५ प्रतिशत मत प्राप्त भएको छ ।

निर्वाचनको मतगणना हेरेर अमेरिकी समाचार संस्थाहरू सीएनएन र एनबीसी निर्वाचन यसैको पोल्टामा पर्छ भन्ने अनुमान गरिहाल्न नमिल्ने बताएका छन् ।