काठमाडौं । अमेरिकाको आगामी राष्ट्रपति डेमोक्रेटिक उम्मेद्वार जो बाइडेन बन्ने पक्कापक्की भएपछि उनको सुरक्षा बढाइएको छ।
बाइडेनले चुनाव जित्ने अवस्था देखिए पछि अमेरिकी गुप्तचर सेवाले उनको सुरक्षामा टोली परिचालन गरेको वासिंगटन पोस्टले जनाएको छ।
अन्तिम मत परिणाम सार्वजनि हुन बाँकी रहेका नेभाडा,पेन्सेलभेनिया,एरिजोना र जर्जियामा समेत बाइडेन अगाडी छन्।
यस्तो अवस्थालाई मध्य नजर गर्दै उनलाई सुरक्षाको लागी प्रवन्ध मिलाईने भएको हो ।
अमेरिकी गुप्तचर बिभागले बाइडेनको गृह भएको डेलावरको विलमिङ्गटनमा गुप्तचरको एक टोली पठाउने भएको समाचारमा जनाइएको छ।
शुक्रबार अघिनै गणना समाप्त हुने र त्यसअघिनै बाइडेनले बिजयी भाषण दिन सक्ने भएकोले गुप्तचरको एक टोलीलाई बाइडेनको वरिपरिको सुरक्षाको बोलाईएको वाशिंगटन पोस्टले जनाएको छ ।