विश्वमा तीन करोड ५५ लाख बढी संक्रमितले कोराना जिते

  • प्रकाशित मिति : २०७७ कार्तिक २३, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । विश्वमा तीन करोड ५५ लाख बढी संक्रमितले कोरोनालाई जितेका छन् ।

वल्डोमिटर्सको आइतबार बिहानको तथ्यांक अनुसार विश्वमा रहेका पाँच करोड १५ लाख ४९ जना संक्रमितमध्ये तीन करोड ५५ लाख २५ हजार २५ जना संक्रमितले कोरोनालाई जितेका छन् ।



सबै भन्दा धेरै अमेरिकाका संक्रमित कोरोना संक्रमण मुक्त भएका छन् ।

अमेरिकामा रहेका एक करोड १७ लाख ७ हजार ५ सय ५० जना संक्रमितम३ये ६४ लाख ३६ हजार ४ सय ७६ जना संक्रमित उपचारपछि निको भएका छन् ।

त्यस्तै भारतमा रहेका ८५ लाख ७ हजार २ सय ३ जना संक्रमितमध्ये ७८ लाख ६७ हजार २ सय ९१ जना उपचारपछि निको भएका छन् ।