काठमाडौं । झापा स्थित बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले विप्लवका छोरा प्रकाश चन्द विरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेका छन्।
दुई दिनअघि प्रकाश चन्द र दुर्गा प्रसाईंबीचको फोनवार्ता सामाजिक सञ्जाल मार्फत बाहिरिएको थियो। जसमा प्रसाईं र चन्दबीच धम्कीपूर्ण संवाद भएको सुन्न सकिन्छ।
अडियो टेप बाहिरिएपछि प्रसाईंले प्रहरीमा प्रकाश विरुद्ध उजुरी दिने तयारी थालेका छन्।
प्रसाईंले भने, ‘कसैको फोनकल अर्कालाई रेकर्ड गर्ने र सार्वजनिक गर्ने अधिकार हुन्छ कि हुँदैन म आज वकिलहरुसँग छलफल गर्दै छु, जाहेरी हाल्छु ।त्यसमा मलाई केही छैन धम्की आएपनि सामना गर्छु।’
आफूलाई ‘माफिया’ भनेको भन्दै प्रसाईंले म्यासेज पठाएपछि उनीहरुबीच टेलिफोन संवाद भएको थियो।