काठमाडौं । सामाजिक सञ्जालमा निकै व्यस्त रहने गरेकी बलिउड अभिनेत्री कंगना रनावत संसारका हरेक विषयमा स्वतन्त्र रुपमा बोल्न रुचाउने कारण पनि विवादमा आउने गरेकी छन् ।
दुई दिन अगाडी मात्र उनको दाइको विवाह सम्पन्न भएको छ । जहाँ विवाहका लागि कंगनाले नै करोडौ खर्च गरेकी छिन् । यो कुराको जानकारी कंगनाकै बहिनी रंगोलीले दिएकी हुन् ।
रंगोलीले सामाजिक सन्जालमा कंगनाको बोल्ड अवतार मात्र बाहिर आएको तर उनले आफू नजिकका मानिसहरुका लागि गर्ने स्नेह झन् खुसीको स्नेह हुने गरेको बताएकी छिन् । यो विवाहका लागि कंगनाले १४ महिना लगाएर बनाएको गुजराती लेहेंगा लगाएकी छिन् ।
यो जानकारी चाहिँ उनी स्वयंले सामाजिक सन्जालमा एक भिडियो राख्दै दिएकी हुन् । यतिबेल सामाजिक सञ्जालमा उनले लगाएको लेहेंगा निकै सुहाएको भन्दै फ्यानहरुले प्रसंसा गरेका छन् ।