भारतमा १ लाख ३० हजारभन्दा बढीको मृत्यु

  • प्रकाशित मिति : २०७७ मंसिर १, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ- भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४३५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार १०९ पुगेको छ ।



यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३० हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ३० हजार ७१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८८ लाख ४५ हजार ६१७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८२ लाख ४७ हजार ९५० जना संक्रमणमुक्त भएका छन् ।