केपी ओली हत्या मुद्दामा जेल परेका हुन्, लोकतन्त्रका लागि लडेर होइन: रामचन्द्र पौडेल

  • प्रकाशित मिति : २०७७ मंसिर १८, बिहीबार
  • नेपाल टेल संवाददाता

तनहु । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको आरोप लगाएका छन् ।

कम्युनिष्टहरू लोकतन्त्रवादी नहुने भन्दै पौडेलले झापा काण्डमा व्यक्ति हत्या मुद्दामा ओली १४ वर्ष जेल बसेको बताए।



बुधबार तनाब भएपछि प्रहरीले तीन घन्टा राखेर पौडेललाई रिहा गरेको थियो भने उनले उक्त पुल उद्घाटन गरेका थिए ।

पुल उद्घाटन गर्दै पौडेलले ओली अझै नसुध्रेको बताएका हुन्।

‘कसले भन्यो ओली लोकतन्त्रको नाममा १४ वर्ष जेल बसे भनेर? ज्यान मुद्दामा बसेको हो,’ उनले भने, ‘कहाँबाट लोकतन्त्रका लागि बसे? रामचन्द्र पौडेलजस्तो आस्थाका लागि बसेको होइन।’

ओली लोकतन्त्रका लागि जेल नबसेको पौडेलको भनाइ छ।
‘एउटा मुद्दामा झ्याप्प परिहाल्यो। जोशमा आएर झापा काण्ड घटिहाल्यो। यो लोकतन्त्रका लागि हो? म मान्दिनँ। केपी ओली मेराअगाडि कुरा गरूँन्,’ उनले भने।

राष्ट्रवादको कुरा गर्ने ओलीले हालै तीन घन्टासम्म बालुवाटारमा भारतीय गुप्तचर संस्था ‘रअ’सँग कुराकानी गरेको उनको भनाइ छ।

‘मलाई लागेको थियो, केपी ओली सुध्रे होलान् भनेर। तर सुध्रने त कुनै छाँट छैन। कम्युनिष्ट कहिल्यै लोकतन्त्रवादी हुँदैनन्,’ उनले भने।

पौडेलले सवैभन्दा राजनीतिलाई सुधार गर्न आवश्यक रहेको बताए । उनले सवै नीतिहरुको मुल नीति राजनीति सुधारियो भने मात्रै सवै थोकमा सुधार हुने स्पष्ट पारे ।

नेता पौडेलले सरकार परिवर्तनलाई उल्ट्याउन लागेकाले परिवर्तनलाई साकार बनाउनका लागि पनि कांग्रेसले आन्दोलन थाल्ने बताए ।