काठमाडौं । यतिबेला नायिका श्वेता खड्काको बिहेको खबर चर्चामा छ।
हुन त नायिका खड्काले मंसिर ५ गते बिहे गर्न लागेको खबर यसअघि बाहिरिएको थियो। तर, मंसिर ५ कटिसकेको छ। अब उनको यही मंसिर २२ गते बिहे हुन लागेको कुरा फेरि सामाजिक सञ्जालमा आइरहेको छ।
धनगढी घर भएका विजयेन्द्र सिंह रावतसँग श्वेता वैवाहिक जीवनमा बाधिन लागेको त्यस्ता खबरमा दाबी गरिएको छ। तर, श्वेता आफूले बिहे गर्न लागेको कुरा र्युमर (हल्ला) मात्रै भएको बताएकी छन्।
‘यो कुरा पहिल्यै देखी चल्दै आइरहेको हो’ उनले भनिन्, ‘यो नोलौ कुरै होइन् नी। दर्शकहरूले हुन्छ भनेर र्युमर (हल्ला) फैलाउनु भाको हो। त्यस्तो केही पनि छैन। खुशीको कुरा लाइफमा केही भयो भने त मैले भनिहाल्छु होला नी’
आफूले बिहे गर्ने केटा कस्तो होला भनेर समेत नसोचेको उनले बताइन्। उनी भन्छिन्, ‘सबै भगवानको हातमा छ। केही पनि सोचेको छैन। सोचेको भए यत्रो र्युमर आउँदा भन्थे होला।’
बिहेबारे अगाडि उनी थप्छिन्, ‘कतिपय कुरा हल्ला हुन्छन्, रियालिटीमा हुँदैनन्। भोलि जे पनि हुनसक्छ।’
स्वेता चलचित्र ‘कहाँ भेटिएला’बाट फिल्म इन्डस्ट्रीमा प्रवेश गरेकी हुन्।
श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन्। तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो। यसपछि, स्वेताले चलचित्र ‘कान्छी’ निर्माण गरिन्।
हाल उनले विभिन्न व्यवसाय समेत गर्दै आएकी छन्।