काठमाडौं । भारतमा एकैदिन २७ हजार १ सय ७ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।
यसरी भारतमा कोरोना संक्रमितको संख्या ९७ लाख ३ हजार ९ सय ८ पुगेको छ ।
त्यस्तै भारतमा कोरोनाबाट एकैदिन ४ सय ४ जनाको मृत्यु भएको छ ।
यसरी भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार ९ सय ९४ पुगेको छ ।
त्यस्तै भारतमा ९१ लाख ७७ हजार ६ सय ४५ जना संक्रमित उपचारपछि निको भएका छन् भने ३ लाख ८५ हजार २ सय ६९ जना संक्रमित उपचाररत छन् ।