काठमाडौं उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति : २०७७ मंसिर २५, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। काठमाडौं उपत्यकामा थप ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ३२८ जना, भक्तपुरका २५ जना र ललितपुरका ५१ जनामा कोरोना संक्रमण देखिएको हो।



पछिल्लो २४ घन्टामा ७२३२ जनाको पिसिआर परिक्षण गरिएको छ।

यस्तै काठमाडौँ उपत्यकामा हिजोपनि ५०७ जना मा कोरोना संक्रमण भएको थियो।

यस्तै नेपालमा थप १२१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह- प्रवक्ताका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २४५६५० पुगेको छ।