काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८८ जनाको पीसीआर परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित थपिएका हुन् ।
यसअघि सोमबार (हिजो)को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७४९ पुगेको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १, झापामा १५, ताप्लेजुङमा २, तेह्रथुममा १, भोजपुरमा १, मोरङमा ३४, संखुवासभामा १ र सुनसरीमा ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसैगरी प्रदेश २ को धुनषामा २, बारामा १, महोत्तरीमा १, रौतहटमा १, सिरहामा १ र सर्लाहीमा १ जना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौंमा २७३, काभ्रेमा ७, चितवनमा १४, दोलखामा १, धादिङमा ६, नुवाकोटमा १०, भक्तपुरमा ४१, मकवानपुरमा २, रसुवामा १०, ललितपुरमा ४९, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी प्रदेशको कास्कीमा ४५, गोरखामा ४, तनहुँमा ११, नवलपरासी पूर्वमा ७, पर्वतमा ३, मुस्ताङमा ३, लमजुङमा १३ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा २, गुल्मीमा २, दाङमा ४, नवलपरासीमा ७, पाल्पामा ७, प्यूठानमा २, बर्दियामा ७, बाँकेमा १९, रोल्पामा १ र रुपन्देहीमा २५ जना संक्रमित थपिएका छन् ।
कर्णाली प्रदेशको दैलेखमा १, रुकुम पश्चिममा २, सल्यानमा ३ र सुर्खेतमा १० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशको अछाममा ६, कञ्चनपुरमा ३५, कैलालीमा ३७, डडेल्धुरामा ४, डोटीमा १, बझाङमा ९ र बैतडीमा ५ जना कोरोना संक्रमित थपिएका छन् ।