फ्रान्सका राष्ट्रपति म्याक्रोनलाई कोरोना

  • प्रकाशित मिति : २०७७ पुष २, बिहीबार
  • नेपाल टेल संवाददाता

पेरिस । फ्रान्सका राष्ट्रपति एम्यानुअल म्याक्रोनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

कोरोना देखिएपछि उनी आइसोलेसनमा बसेका छन्। आइसोलेसनबाटै उनले शासन चलाउने र अलग रहेर काम गर्ने राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ।



फ्रान्समा अहिलेसम्म २४ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने सङ्क्रमणका कारण ५९ हजारभन्दा धेरैको ज्यान गइ सकेको छ।

फ्रान्समा बुधबार एकैदिन १७ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको थियो। सोही अवधिमा त्यहाँ कोरोनाले २८९ को मृत्यु भएको थियो। कोरोना रोकथामको लागी अहिले बेलुका ८ बजे बिहान ६ बजे सम्म पछि देशब्यापी कर्फ्यु लगाइएको छ।

राष्ट्रपति म्याक्रोनलाई कोरोना संक्रमण भएसंगै उनिसंगै धेरै पटक भेटघाट गरेका प्रधानमन्त्री जँ कास्तेक्स पनि आइसोलेसनमा बस्नु पर्ने भएको छ।