खुमलटारबाट फर्किएर प्रधानमन्त्री बादल निवासमा

  • प्रकाशित मिति : २०७७ पुष ४, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली खुमलटारबाट फर्किएर गृहमन्त्री रामबहादुर थापा (बादल)लाई भेट्न गएका छन् ।

सचिवालय सदस्य एवम् गृहमन्त्री बादललाई भेट्न प्रधानमन्त्री ओली मन्त्री निवास गएका हुन् । अहिले प्रधानमन्त्री ओली पुल्चोकस्थित मन्त्री निवासमा छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली खुमलटार पुगेका थिए ।