विश्वमा एकैदिन ६ लाख १२ हजार बढीमा कोरोना संक्रमण,१० हजार ७ सय ६६ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७७ पुष ५, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । विश्वमा एकैदिन ६ लाख १२ हजार ४ सय १६ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ६६ लाख ५ हजार १ सय ८५ जना पुगेको छ ।



त्यस्तै विश्वमा एकैदिन १० हजार ७ सय ६६ जनाको मृत्यु भएको छ ।

यसरी विश्वभर कारोनाबाट मृत्यु हुनेको संख्या १६ लाख ९१ हजार १ सय २३ पुगेको छ ।

त्यस्तै विश्वमा ५ करोड ३७ लाख३६ हजार ट सय ९० जना संक्रमित उपचारपछि निको भएका छन् ।