प्रधानमन्त्री ओलीलाई कारवाही, महरालाई स्थायी समितिमा ल्याउने निर्णय

  • प्रकाशित मिति : २०७७ पुष ५, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेकपा स्थायी समिति बैठक सकिएको छ । बालुवाटारमा बसेको बैठकले संसद विघटनको निर्णयलाई असंवैधानिक र स्वेच्छाचारी कदमको रुपमा लिँदै राजनीतिक उपलब्धि कठोर प्रहार गरेको बैठकले निर्णय गरेको छ । त्यस्तै संविधान पक्षधरले प्रधानमन्त्रीको कदमको राजनीतिक प्रतिपाद गर्दै कानुनी उपचार खोज्ने पनि बैठकले निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले संसदभित्र र बाहिरका सवै पार्टी, नागरिक समाज र आम समुदायलाई असंवैधानिक कदमका विरुद्ध उभिन आग्रह पनि गरेको छ । त्यस्तै ओलीलाई अनुशासनको काररवाही गर्न केन्द्रीय समिति बैठकमा प्रस्ताव लैजाने र त्यसका लागि सात गते बैठक बोलाएको छ । त्यस्तै नेता कृष्णबहादुर महरालाई स्थायी समितिमा ल्याउने निर्णय पनि गरेको छ ।