काठमाडौं। बितेको २४ घण्टामा थप ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १०९७ जना निको भएका छन् । यस्तै ११ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ भने निको हुनेको संख्या २ लाख ४३ हजार ६६४ पुगेको छ ।
यस्तै मृतकको संख्या १७८८ पुग्दा सक्रिय संक्रमित ८ हजार ३२० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।