मनीषा कोइरालाको कृति ‘हिल्ड’ को नेपाली अनुवाद ‘जिजीविषा’ बजारमा

  • प्रकाशित मिति : २०७७ पुष ६, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । अभिनेत्री मनीषा कोइरालाको कृति ‘हिल्ड’ को नेपाली अनुवाद ‘जिजीविषा’ प्रकाशनमा आएको छ ।

आत्मसंस्मरणको नेपाली अनुवाद पत्रकार स्वरूप आचार्यले गरेका हुन् ।



आइतबार पुस्तकको भिडियो लन्चका अवसरमा बोल्दै अभिनेत्री कोइरालाले भनिन्, ‘मैले यो किताब लेख्छु भनेर सुरु गरेकी होइन । अमेरिकामा क्यान्सरको उपचारका क्रममा एक जना बौद्ध रिन्पोचेले आफूलाई क्यान्सरबाट परेको दुःख भोग्दाका बेला तिमीलाई लागेका कुरा टिपोट गरिराख्नू भन्नुभएको थियो । यो पीडाको, यो कठिनाइको कुरा पनि लेखिराख्नू भनेकाले मैले त्यति बेलाका दुःख अनि कष्टलाई टिपोट गर्दै गएँ । र त्यसलाई पछि पुस्तकका रुपमा ल्याएकी हुँ ।’

क्यान्सर लाग्नुअघि आफूले जीवनको त्यति महत्त्व नबुझेको र पछि मृत्युको नजिक पुग्दा यसको महत्ताबारे धेरै जानकारी पाएको उनले बताइन् ।