ओलीलाई हटाएर माधवलाई दुई नम्बरको अध्यक्ष बनाउने प्रचण्ड पक्षको तयारी !

  • प्रकाशित मिति : २०७७ पुष ७, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट हटाउने तयारी गरेको छ ।

आज दिउँसोका लागि उक्त समूहलृ बोलाएको केन्द्रीय कमिटी बैठकबाट ओलीलाई अध्यक्षबाट हटाइने स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए ।



केन्द्रीय कमिटीको बहुमत सदस्यको बैठकले ओलीलाई हटाएको जानकारी निर्वाचन आयोगलाई दिने तयारी प्रचण्ड–माधव नेपाल पक्षको छ ।

ओलीलाई अध्यक्ष हटाएपछि उनको ठाउँमा पूर्व एमालेको तर्फबाट माधव नेपाललाई अध्यक्ष चयन गर्ने तयारी छ ।

पार्टी एकता बेलाको सहमति र विधान अनुसार नै दुई अध्यक्ष रहने र पूर्व एमाले तथा पूर्व माओवादीबाट एक एकजनाले अध्यक्षता गर्ने स्पिरिट अनुसार ओलीको ठाउँमा नेपाललाई अध्यक्ष घोषणा गरिने एक नेताले बताए ।

बरियतामा भने प्रचण्ड पहिलो नम्बरमा हुनेछन् । प्रचण्ड–माधव नेपाल पक्षले बुधवार संसदीय दलको बैठक पनि बोलाएको छ । सोही बैठकबाट ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई चयन गरिने बताईएको छ ।