ओलीले चाले अर्को गोटी, ७५३ जना केन्द्रीय सदस्य थपेर महाधिवेशन आयोजक समिति घोषणा

  • प्रकाशित मिति : २०७७ पुष ७, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। पार्टी विभाजन डिलमा पुगेकै बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् । उनले बालुवाटारमा आफूपक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या ११९९ बनाएर थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेका हुन् । हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको रहेको छ भने ७५३ जना थपिएसँगै केन्द्रीय सदस्य ११९९ जनाको हुनेछ । जुन महाधिवेशन आयोजक समितिको रुपमा रहनेछ ।