ढोकाको ताल्चा फोडेर एकै रात काठमाडौंका ३ ठाउँमा चोरी

  • प्रकाशित मिति : २०७७ पुष १५, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । ढोकाको ताल्चा फोडेर लुटेराहरुले म‌ंगलबार बेलुका काठमाडौं उपत्यकाका ३ ठाउँमा लुटपाट गरेका छन् ।

मंगलबार बेलुकी काठमाडौंको तारकेश्वर, वनस्थली र नागार्जुन क्षेत्रमा चोरी भएको प्रहरीले जानकारी दिएको छ ।



मंगलबार राति काठमाडौंको तारकेश्वर नगरपालिका-११ शुभकामना चोक डेरा गरी बस्ने सिरहा गोलबजार नगरपालिका-३ घर भएका २५ वर्षीय रबिनकुमार लामाको कोठाबाट ताल्चा फुटाई ३ तोला सुन र नगद ५० हजार रुपैयाँ मंगलबार राति चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, मंगलबार नै साँझ काठमाडौं महानगरपालिका-१५ वनस्थलीको अजिमा हल नजिक डेरा गरी बस्ने खोटाङ घर भएकी ३० वर्षीया भुमिका थापा मगर र तनहुँ व्यास नगरपालिका-११ घर भएकी २३ वर्षीया मनिषा गुरुङको कोठामा लुटपाट भएको छ ।

कोठामा कोही नभएको अवस्थामा कोठाको ताल्चा फुटाई सुनका विभिन्न गहना र नगद ६५ हजार रूपैयाँ गरी करिब २ लाख १० हजार रूपैयाँ मूल्य बराबरको धनमाल मंगलबार साँझ चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार बेलुकी नै काठमाडौंको नागार्जुन नगरपालिका-५ थापाचोक पनि चोरी भएको छ । थापाचोक बस्ने पवन सुनुवारको घरमा कोही नभएको अवस्थामा कोठाको ताल्चा फुटाई करिब २ लाख १९ हजार रूपैयाँ बराबरको सुनका विभिन्न गहनाहरु चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले चोरीका घटनामा संलग्नहरुको खोजी र घटनाको अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।