विश्वमा २४ घण्टामा थपिए ७ लाख ४६ हजार कोरोना संक्रमित

  • प्रकाशित मिति : २०७७ पुष २३, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । गत २४ घण्टामा विश्वमा सात लाख ४६ हजार ७९८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

सोही अवधिमा १३ हजार ५३६ जनाको मृत्यु भएको छ।



पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या आठ करोड ७५ लाख ७५ हजार ४७७ र मृत्यु हुनेको संख्या १८ लाख ८८ हजार ९४० पुगेको छ।