मन्दिरमा पूजा गर्न गएकी ५० वर्षीय महिलाको सामुहिक बलात्कारपछि वीभत्स हत्या

  • प्रकाशित मिति : २०७७ पुष २३, बिहीबार
  • नेपाल टेल संवाददाता

नयाँदिल्ली । भारतको उतरप्रदेशमा एक महिलाको सामुहिक बलात्कारपछि विभत्स हत्या भएको छ ।

बदायूं जिल्लाको उघैती भन्ने स्थानमा एक ५० वर्षीय महिलाको सामुहिक बलात्कारपछि विभत्स हत्या भएको हो । आइतबार साँझ मन्दिरमा पूजा गर्न गएकी महिलाको बलात्कारपछि हत्या भएको थियो । प्रहरीको शंका मन्दिरका पूजारी र अन्य दुई जनातर्फ सोझिएको छ ।



प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाए पनि पुजारी अझै बाहिर नै घुमिरहेका छन् । परिवारका अनुसार महिला आइतबार साँझ पूजा गर्न गएपछि अबेरसम्म घर आइनन् । राति साँढे ११ बजे सोही महात्मा सत्यनारायण (मन्दिरका पुजारी) ले रक्ताम्य भएको अवस्थामा महिलालाई घर ल्याएका थिए ।

उनका पतिका अनुसार उनको शरीरभरि चोट थियो र रगत बगिरहेको थियो । घर आएको केही समयमा अत्यधिक रक्तश्रावपछि महिलाको मृत्यु भएको थियो । मंगलबार पोष्टमार्टमको रिपोर्ट आएपछि महिलाको सामुहिक बलात्कार पछि जघन्य तरिकाले हत्या गरेको खुलेको हो । बुधबार प्रहरीमा घटना दर्ता भएपछि दुई जना पक्राउ गरेका छन् भने पुजारी फरार छन् ।
-बीबीसी