युगान्डाकाे राष्ट्रपतिमा पुनः मुसेभेनी निर्वाचित

  • प्रकाशित मिति : २०७७ माघ ४, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । राष्ट्रपति योवेरी मुसेभेनी युगान्डाको राष्ट्रपतिमा पुनः निर्वाचित भएको निर्वाचन आयोगले शनिबार घोषणा गरेको छ ।

आयोगका अध्यक्ष तथा न्यायाधीश साइमन ब्याबाकामाले जनवरी १४ मा सम्पन्न निर्वाचन परिणामअनुसार मुसेभेनीले खसेको कुल मतसंख्याको ५८.६४ प्रतिशत मत प्राप्त गर्दै विजयी भएको बताए ।