काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा केही पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतय सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशका प्रदेश न. १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू(भागहरूमा आंशिक बदली रही बाँकी भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।