काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-माधव)पक्षले बिहीबारका लागि घोषणा गरेको आमहड्तालमा प्रहरी प्रशासनले हस्तक्षेप गरेको छ ।
विहिवार बिहानैदेखि बन्द गराउँदै हिडेका प्रचण्ड–नेपालपक्षका २७ कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार हालसम्म बन्द गराउँदै हिँडेका सोह्रखुट्टे क्षेत्रबाट १३ जना, महाराजगञ्जबाट १० र नयाँ बानेश्वरबाट ४ जना पक्राउ परेका छन् ।
नेकपाका युवा नेता दीपशिखाले गोंगबु क्षेत्रबाट पनि नेकपाका कार्यकर्ताहरु पक्राउ परेको बताएका छन् ।
उनले लेखेका छन्, ‘गोंगबु सामाखुसीबाट एकाबिहानै ओली सरकारले गिरफ्तार गरेका युवाहरू मिलन तमाङ,समीर तमाङ, रमेश तमाङ, राज कुमार तमाङ, राजेन्द्र पाण्डेलाई तत्काल रिहा गर्न माग गर्दछौं ।’