अध्यादेश जारी गर्दै द्वन्द्वकालीन मुद्दाको छानविन गर्ने दुई आयोगमा म्याद थप

  • प्रकाशित मिति : २०७७ माघ २३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिहरुको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको म्याद पाँच महिना थप भएको छ ।मन्त्रिपरिषद्को बैठकले यही २६ गते समाप्त हुने दुवै आयोगका पदाधिकारीको पदावधी थप गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले उनीहरुको म्याद थप गर्ने निर्णय गर्दै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो। उक्त सिफारिस अनुसार शुक्रबार राष्ट्रपति भण्डारीले म्याद थप गर्ने अध्यादेश जारी गरेकी हुन् ।



गत वर्ष माघमा दुवै आयोगमा दलहरुले भागबन्डा गर्दै पदाधिकारी नियुक्त गरेका थिए । सुरुमा एक वर्षको कार्यकाल मात्र राखेर उनीहरुको नियुक्ति गरिएको थियो । यो अवधिमा कोभिड-१९ कारण उनीहरुको काम रोकिएको थियो । सत्य निरुपणमा गणेशराज भट्ट र बेपत्ता छानविनमा युवराज सुवेदीले नेतृत्व गरिरहेका छन् ।