प्रेमिका हत्याको आशंकामा वडा सदस्य प्रहरी नियन्त्रणमा

  • प्रकाशित मिति : २०७७ माघ २५, आईतवार
  • नेपाल टेल संवाददाता

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीलाई प्रेमिका हत्याको आशंकामा प्रहरीले पक्राउ गरेको छ ।

प्रेमिका सञ्जिता चौधरी हत्या आशंकामा सोपुछका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।



जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले चौधरीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको बताए।

सञ्जिता चौधरी आइतबार बिहान वडा सदस्य चौधरीको कोठामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा मृत फेला परेकी थिइन् ।

मृतकका दाजु रमेश चौधरीका अनुसार विगत १० वर्षदेखि कार्यवाहक वडाध्यक्षसँग प्रेम सम्बन्धमा रहेकी सञ्जितालाई झुक्याएर उनले हालै अर्को विवाह गरेका थिए ।

चौधरी पासो लगाएको अवस्थामा भेटिएपनि खुट्टा भुईमा टेकिएको र बाहिरबाट ताल्चा लगाएका कारण हत्या भएकाे आशंका गरिएको छ ।

मृतक चौधरीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।