काठमाडौं । बेल्जियमको एक जेलमा रहेका आधा भन्दा धेरै कैदी कोरोना संक्रमित भएको पाइएको छ । नामूर जेलमा रहेका १३२ कैदी मध्ये आधा भन्दा धेरै संक्रमित भएका छन् ।
जेलमा रहेका ११५ जना कर्मचारी मध्ये पनि आधा भन्दा धेरैलाई संक्रमण भएको छ। जेल प्रशासनका प्रवक्ता कैथलीन दे विजवेले स्थितिलाई अति गम्भीर भनेका छन्।
उनीहरुलाई क्वारिन्टिनमा राखिएको छ। उनीहरुलाई हिँड्न तथा नुहाउन अनुमति दिइएको छैन। तर शरीरलाई न्यानो बनाउने खालका खानेकुराहरु दिइएको जेल प्रशासनले जनाएको छ।