सय करोड पारिश्रमिक बुझेको फिल्म अक्षयले किन छाडे ?

  • प्रकाशित मिति : २०७७ फाल्गुन १८, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार लकडाउनको समयमा पनि निकै व्यस्त थिए । एकपछि अर्को फिल्ममा व्यस्त रहेका अक्षयले समय नभएको कारण केही फिल्म छोडेको भारतीय मिडियाले जनाएको छ ।

उनले हालसालै निर्देशक मुदस्सर अजीजको फिल्म छाडेका छन् । सय करोड पारिश्रमिक लिएका अक्षयकुमारकाे उक्त फिल्मलाई ज्याकी भगनानीले निर्माण गर्ने तयारीमा थिए ।



उनले मुदस्सरको फिल्मबाट हात झिकेपछि निर्माण टिमले अभिनेता राजकुमार रावलाई अनुबन्ध गरेको छ । यस फिल्मका लागि अभिनेत्रीको टुङ्गो निर्माण पक्षले लगाएको छैन ।