काठमाडौं । नेकपा नामको विवादको निर्णय सुनाउने मिति सरेको छ ।
पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा आज सर्वोच्च अदालत, उच्च अदालत जिल्ला अदालत र विशेष अदालत बन्द रहनेछन् ।
पूर्वप्रधानन्यायाधीशको शोकमा अदालत बन्द हुने भएपछि आजका लागि तोकिएको नेकपा विवादको निसु पछि सरेको छ ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकता भइ नेकपा गठन भएपछि ऋषि कट्टेलले सो पार्टीको नाम आफ्नो भएको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको सयुक्त इजलासमा १३ फागुनमा सुनुवाई सकिएको सो मुद्दामा आज फागुन २० गते नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो ।
आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते रिट निवेदन दर्ता गरेका थिए ।