अधिकांश जासो नेपालीको घरमा पुरानो अचार हुने गरेको छ । खानालाई मिठो बनाउन अचारको प्रयोग गर्ने गरिन्छ ।
फुर्सदको समयमा र स्वादका लागि पुरानो अचार प्रयोग गर्न गरिन्छ । तत्काल बनाइएको अचार स्वास्थ्यका हिसावमा राम्रो हुने भएपनि पुरानो अचार भने स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
चिकित्कसहरुले यस्ता अचारको प्रयोग नगर्न सुझाव दिन्छन् ।
बोतल वा प्लाष्टिकमा बन्द प्याक अचारले स्वास्थ्यमा बिभिन्न रोगको खतरा बढाउने गर्दछ । के के हुन् त खतरा ?
क्यान्सर
अचारमा सोडियमको मात्रा धेरै हुने भएकाले अचार खाँदा शरिरमा पनि यसको मात्रा बढ्ने गर्दछ । यसले पेटको क्यान्सर हुने खतरा बढाउँछ ।
हृदयघात
धेरै अचार खाँदा रक्तसंचार बिग्रने गर्दछ । यस्तोमा स्ट्रोक तथा हृदयघातको खतरा बढ्ने गर्दछ ।
तौल बढाउँछ
अचारमा हुने सोडियमले शरिरमा आइरनको मात्रालाई कम गरिदिन्छ र शरिरमा बोसो बढ्ने गर्दछ । फलत मानिसमा मोटोपन बढ्दै जान्छ ।
रक्तचाप
धेरै अचार खादाँ सोडियमका कारणले उच्च रक्तचापको जोखिम पनि बढ्ने गर्दछ ।
मृगौला
अचारमा पाइने सोडियमले क्याल्सियमलाई गलाएर मृगौलासम्म पुर्याउँछ । जसले पत्थरीको समस्या निम्त्याउँछ ।
मधुमेह
गुलियो अचारमा चिनीको मात्रा धेरै हुन्छ । यसले खानामा मधुमेह रोगको सम्भावना हुन्छ ।