काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल, झलनाथ खनाल पक्ष नेकपा एमालेबाट अलग भइसकेको आरोप लगाएकाछन्।
सो पक्षले बुधबारबाट काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेपछि अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन।
नेपाल पक्षको समूहको पार्टी नाम नभएकाले नेकपा एमालेको नाम राखेर भ्रमपूर्ण प्रचार गरेको ओलीको भनाई छ।
सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युतिँएपनि नेपाल पक्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को योजनामा एमाले कब्जा गर्ने मनशायले फर्किएको ओलीको आरोपछ।
पार्टी एकताभन्दा पनि दाहालको उक्साहटमा नेपाल समूह लागेको ओलीको आरोप छ। पार्टीको अध्यक्ष आफू भएकाले गुटको कुनै पक्षसँग पनि छलफल नगर्ने ओलीको अडान । पार्टी विपरित काम गर्नेमाथि कारवाही प्रक्रिया शुरु हुने ओलीले चेतावनी समेत दिएका छन्।
ओलीले भने, ‘राष्ट्रिय भेला भनेर बकबास गर्न पाइन्छ्, पार्टीको अध्यक्ष विरुा बकबासको जमघट गर्न पाइन्छ?’
देशको कार्यकारी प्रमुख र पार्टीको अध्यक्षको हिसाबले आफू अभिभावकीय भूमिका खेल्न तयार रहेपनि विदेशीको अगाडि आफू नझुक्ने ओलीको भनाई छ।