जेठ ३० भित्र स्ववियू निर्वाचन गर्ने नेविसंघ र त्रिविबीच समझदारी

  • प्रकाशित मिति : २०७७ चैत्र ९, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। रिले अनसन बसेका नेविसंघ र त्रिवि पदाधिकारीबीच समझदारी भएको छ।

जेठ ३० गतेभित्र स्ववियू निर्वाचन गर्नेलगायत ६ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। स्ववियू निर्वाचनका लागि चैत २५ गतेभित्र सर्वपक्षीय छलफल बोलाउने पनि समझदारी भएको छ।



समझदारी पत्रमा त्रिविका तर्फबाट शिक्षाध्यक्ष शिवलाल भुसाल र नेविसंघका तर्फबाट श्यामचन्द्र अधिकारीले हस्ताक्षर गरेका छन्।

उपकुलपति कार्यालयमा नेविसंघले ४८ दिनदेखि गरिरहेको अनसन सहमतिसँगै अन्त्य भएको छ।

नेविसंघका नेताहरूलाई अनसन तोडाउन उपकुलपति धर्मकान्त बाँस्कोटा पनि उपस्थित थिए।