भारतबाट गौरीफन्टा नाका हुँदै आएका ११ जनामा कोरोना पुष्टि

  • प्रकाशित मिति : २०७७ चैत्र ११, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । भारतमा कोरोना संक्रमण उच्च दरमा वृद्धि भएपछि रोजगारीका लागि त्यहाँ पुगेका नेपाली स्वदेश फर्कन थालेका छन् ।

यसरी भारतबाट स्वदेश फर्किएका केहीमा कोरोना संक्रमण देखिएको छ ।



गौरीफन्टा नाका हुँदै कैलाली प्रवेश गरेका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो ४/५ दिनमा गौरीफन्टा नाका भएर कैलाली प्रवेश गरेका ११ जनामा संक्रमण पुष्टि भएको हो कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

भारतबाट नेपाल आउने नेपालीमा कोरोना संक्रमण देखिन थालेपछि नाकामा सतर्कता बढाइएको छ ।

यस्तै पश्चिमी सीमा नाका गड्डचौकी र डोके बजार भएर भारतबाट स्वदेश फर्कने यात्रुहरूको एन्टिजेन विधिबाट कोरोना परीक्षण सुरु गरिएको छ ।

सीमा नाकाको हेल्थ डेस्कमा स्वास्थ्यकर्मीको टोली खटाएर परीक्षण सुरु गरिएको छ ।