आज देशभर थपिए १२० कोरोना संक्रमित

  • प्रकाशित मिति : २०७७ चैत्र १२, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपालमा आज थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभर १२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २ हजार ८९१ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन।



बुधबार ३ हजार ९६३ जनाको नमुना परीक्षण गर्दा १४५ जनामा संक्रमण पुष्टि भएको थियो। बिहीबार थपिएका संक्रमितमध्ये ६५ जना काठमाडौं उपत्यकाका हुन्। यस्तै पछिल्लो २४ घण्टामा कास्कीमा १९, दाङमा ६, मोरङ र रुपन्देहीमा ४र४ जना संक्रमित थपिएका छन्।

कोरोना संक्रमण बढ्न थालेका बेला परीक्षण संख्या भने घटेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार २१७ रहेको मन्त्रालयले जनाएको छ।