कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

  • प्रकाशित मिति : २०७७ चैत्र १४, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले आज (शनिवार) केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः३० बजे बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।



नेता जोशीको नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति निधन भएको हो । स्व जोशीको पार्थिव शरीरलाई मध्याह्न १२.०० बजेदेखि २.०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयले जनाएको छ ।

गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि नेता जोशीलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो ।

विसं २०१९ असार ३ गते काठमाडौंमा जन्मिएका नेता जोशी २०७० मा काठमाडौं क्षेत्र नम्बर ८ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।