आजको मौसम– मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • प्रकाशित मिति : २०७७ चैत्र १४, शनिबार
  • nepaltale.com

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ ।

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावस्वरुप हाल देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज (शनिवार) देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही पहाडी भू- भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान–

चैत्र १४ गते (शनिबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र १५ गते (आइतबार)

दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही, बाँकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र १६ गते (सोमबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा अपरान्हतिर आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक – दुई स्थानमा मेघगर्जन/चट्याङ सहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ । साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश तथा लुम्बिनी प्रदेशका केहि स्थानहरुमा अपराह्नतिर हावाहुरी को सम्भावना रहेको देखिन्छ ।

राति : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ ।