तीन दिनको मौसम पूर्वानुमान : हल्का वर्षाको सम्भावना

  • प्रकाशित मिति : २०७७ चैत्र २४, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपालमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशको पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।



मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखा जारी बुलेटिनमा उल्लेख छ।

राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी पहाडी भू-भागका एक वा दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।