काठमाडौं। नेपाल पत्रकार महासंघ पाँचथर शाखामा गिरिराज बाँसकोटा नेतृत्वको प्यानल विजयी भएको छ । बाँसकोटा नेतृत्वको प्यालन ठूलो अन्तरले विजयी भएको हो ।
अध्यक्षका उम्मेदवार बाँसकोटा ६२ मतसहित विजयी भए भने उनका प्रतिद्धन्दी जम्मा २० मत मात्र पाए ।
त्यस्तै उपाध्यक्षमा एकराज भण्डारीले ४७ मत पाए भने सन्देश सुब्बाले ३४ मत पाए ।
सचिवमा विजयी रामचन्द्र तामाङले ६० मत पाए ।