काठमाडौं, चैत्र २६ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशमा सिर्जन झा ले नेतृत्व गरेको लोकतान्त्रिक गठबन्धन भारी मतान्तरमा बिजयी भएको छ ।
केन्द्रमा बिपुल पोखरेल ले नेतृत्व गरेको प्यानलका सिर्जन झा ले उनका निकटतम प्रतिस्पर्धी लाई भारी मतले हराएका हुन ।
महासंघको २६ औं महाधिवेशन बाट नयाँ कार्यसमितिको लागी हिजो मतदान गरिएको थियो।
लोकतान्त्रीक प्यानलले बिजयी जुसल मनाए पनि निर्वाचन समितिले औपचारिक रुपमा नतिजा सार्वजनिक गरेको छैन ।