काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।
सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्दैछ ।
१४ औं महाधिवेशनलगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको उनले बताए ।
सोमबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।
केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक राखिएको हो। कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि गर्ने कार्यतालिका बनाएको छ ।