प्रतिनिधिसभा बैठक आज बस्दै

  • प्रकाशित मिति : २०७७ चैत्र ३०, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।



बैठकमा एउटा प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन’ पेश गर्ने उल्लेख छ ।