पत्रकार दाहालमाथि दुर्व्यवहार, प्रेस युनियन काठमाडौं शाखाद्वारा भर्त्सना

  • प्रकाशित मिति : २०७७ चैत्र ३१, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेपाल प्रेस युनियन काठमाडौं शाखाले समाचार संकलनका क्रममा नयाँ पत्रिकाका पत्रकार केदार दाहालमाथि दुव्र्यवहार गर्ने प्रहरीलाई कारवाही गर्न माग गरेको छ ।

लैनचौरस्थित भारतीय दूतावासअगाडी रिपोर्टिङमा रहेका बेला पत्रकार दाहालमाथि मंगलबार प्रहरीले दुव्र्यवहार गरेको थियो ।



सो घटनाको भत्र्सना गर्दै प्रेस युनियन काठमाडौं शाखाका अध्यक्ष जगन्नाथ दुाललले विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

`नो अब्जेक्सन लेटर’ लिन उपस्थित भएका भारतीय नागरिकबारे समाचार सकंलनका क्रममा पत्रकार दाहालमाथी भएको आक्रमणकोे नेपाल प्रेस युनियन काठमाडौं शाखा घोर भत्र्सना गर्दछ ,” अध्यक्ष दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पत्रकार दाहालमाथि समाचार संकलनका क्रममा नेपाल प्रहरीले गरेको ज्यादती एउटा पत्रकार माथिको आक्रमण मात्र नभएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो भन्ने ठहर छ । समाचार संकलनमा अवरोध गर्ने र पत्रकारमाथी दुव्र्यवहार गर्ने प्रहरी माथि तत्काल छानविन गरी कडा कारवाहीको माग गर्दछ ।”