कोरोनाका कारण नयाँ दिल्लीमा एक हप्ता कर्फ्यू

  • प्रकाशित मिति : २०७८ बैशाख २, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा कर्फ्यू लगाइएको छ।

कोरोना भाइरस संक्रमणका घटना बढेपछि एक हप्ताका लागि कर्फ्यू लगाउने निर्णय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।



बिहीबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अबदेखि हरेक सप्ताहन्तमा दिल्लीमा करफ्यु लाग्ने बताएका छन्।

उनका अनुसार भारतमा शनिबार र आइतबार कर्फ्यू लगाइने छ।