आजको मौसम- हावा हुरीका साथै चट्याङ पानी

  • प्रकाशित मिति : २०७८ बैशाख ३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको छ । आज देशैभर सामान्य र आंशिकरुपमा बादल लागेको छ ।

आज प्रदेश १, सुदूरपश्चिमसहित अन्य प्रदेशका पहाडी भूभागहरुमा केही स्थानमा हावाहुरी, चट्याङ र मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



महाशाखाका अनुसार मौसम बदली आगामी आइतबारसम्म कायमै रहने छ । शनिबार र आयतबार पनि दिउँसो र रातको समयमा देशका विभिन्न पहाडी जिल्लाका केही ठाउँमा मेघगर्जन/चट्टयाङ्ग/हावा हुरीसहित हल्का पानी पर्नेछ ।

हावा हुरीका साथै चट्याङ पर्न सक्ने सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले सचेतसमेत गराएको छ ।