८१ बालबालिका सहित आज एकैदिन थपिए ९ सय कोरोना संक्रमित

  • प्रकाशित मिति : २०७८ बैशाख ३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका घटना दिनप्रतिदिन बढ्दै गइरहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पछिल्लो २४ घण्टामा ९ सय जना कोभिड–१९ संक्रमित थपिएका छन् । यो मंसिर महिनायताकै उच्च संक्रमितको संख्या हो । ६ हजार १५८ वटा नमुामाको परीक्षण गरिएकोमा नौ सय जनाको नतिजा पोजेटिभ आएको हो ।



योसंगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार ९० सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज २ सय ८ जना संक्रमणमुक्त भएका छन्। आजसम्म २ लाख ७४ हजार ४ सय १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

आज संक्रमित भएकामा ८१ जना बालबालिका मात्रै छन्। सरकारले अतिप्रभावित जिल्लामा विद्यालय नजान र विद्यालय बन्द गर्न आग्रह गरेको छ।