आजको मौसम – मेघगर्जन, चट्टयाङ, हावाहुरी र असिनासहित वर्षा

  • प्रकाशित मिति : २०७८ बैशाख ४, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । शनिबार देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना छ ।



यस्तै आइतबार पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आइतबार रातिदेखि भने मौसम सामान्यतया सफा रहनेछ । यद्यपि दैनिकजसो विभिन्न भेगमा यसरी नै वर्षात हुने विभागको अनुमान छ ।