उपत्यकामा चलेको हावाहुरीले धेरै ठाँउको बिजुलीमा समस्या

  • प्रकाशित मिति : २०७८ बैशाख ४, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकामा शनिवार साँझ भीषण हावाहुरी चलेको छ। हावाहुरीका कारण धेरै क्षेत्रमा बिजुलीमा समस्या आएको छ। बानेश्वर, कोटेश्वर लगायतका धेरै क्षेत्रमा १ घण्टादेखि बिजुली छैन।

हावाहुरीका कारण समस्या आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।



हावाहुरीका कारण उपत्यकाको जनजीवन प्रभावित बनेको छ। विशेषगरि घरबाहिर बाटोमा यात्रारत रहेकाहरु र फर्कदैं गरेकाहरु समस्यामा परेका छन्। हावाहुरीले पारेको क्षतिको विवरण प्राप्त भएको छैन।

मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यका सहित देशका केहि स्थानमा मौसम बदली भई मेघ गर्जन सहित पानी पर्ने सम्भावना रहेको सतर्कता अपनाउन आग्रह गरेको छ।